श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १४ : ५६
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा प्रतापपुर–४ स्थित ठुलो खैरटवा घर भएका ३५ वर्षीय उमेश हरिजन छन् ।

घरायसी विवादमा उमेशले ३० वर्षीया पत्नी सलन्ती हरिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता डिएसपी राजु लामाले बताए ।

पतिले कुटेर गम्भीर घाइते भएकी सलन्तीको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस