पूर्वप्रधानमन्त्री डा. भट्टराईको वीर अस्पतालमा सफल शल्यक्रिया, निकालियो ट्युमर

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १२ : १८
पूर्वप्रधानमन्त्री डा. भट्टराईको वीर अस्पतालमा सफल शल्यक्रिया, निकालियो ट्युमर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ । काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रबार बिहान उनको शल्यक्रिया गरेकोे हो । 

नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन् । ‘पेटको न्युरो–इन्डोक्राइन ट्युमरको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना, बा ’ उनले लेखेकी छन् ।

 ‘शल्यक्रियामा संलग्न वीर अस्पतालको चिकित्सक टोली, अस्पताल परिवारप्रति सधन्यवाद शुभकामना।’ यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो।

प्रतिक्रिया दिनुहोस