काठमाडौं । नेकपा (एमाले) माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल–नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।
केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्षमा अलमलमा छ । खनाल–नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।
नयाँ पार्टी गठनपछि पनि त्यसलाई माओवादी केन्द्रसँग कार्यगत एकता मात्र गर्ने वा एकता नै भन्नेमा पनि खनाल–नेपाल पक्ष एकमत छैन । यता पार्टी अध्यक्ष ओलीले कारबाही प्रक्रिया पनि सुरु गरेकाले खनाल–नेपाल पक्ष संकटमा छ । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । यता संघीय संसदमा २७ जना सांसदलाई कारबाही गर्ने ओलीको तयारी छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर ४ जना सांसद पार्टीबाट निष्कासित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
माओवादी स्थायी कमिटी बैठक सुरु
माओवादी स्थायी समिति बैठक सर्यो
माओवादीको स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजनबारे छलफल
तराई-मधेश जागरण अभियान चलाउँदै माओवादी
माओवादी स्थायी कमिटी बैठक सुरु