एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

शनिबार, १७ चैत्र २०७४, १९ : ४२
एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ ।
यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उहाँले जानकारी दिनुभयो । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा अनियमितता गर्ने दुईजना केन्द्राध्यक्षलाई निष्कासन गरिएको र चारजना निरीक्षकलाई कारबाही गरिएकोबाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस