वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु

शनिबार, १७ चैत्र २०७४, १९ : २०
वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु

पाँचथर । हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो ।

वडाको सडक विस्तार गर्ने विषयमा विवाद भएपछि योक्पाङदेनले आफूमाथि हातपात गरेको भन्दै तिम्सिनाले जाहेरी दर्ता गराएको पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

करणी गर्ने वडा सदस्य पक्राउ
फालेलुङ गाउँपालिका–६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज पक्राउ गरेको हो ।

पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस