निःशुल्क स्वास्थ्य शिविर तथा बृक्षारोपण कार्यक्रम

शनिबार, १७ चैत्र २०७४, १९ : ०९
निःशुल्क स्वास्थ्य शिविर तथा बृक्षारोपण कार्यक्रम


माडी । नारायणगढ रोटरी क्लब र वाइन टु वाटर, नेपालको संयुक्त आयोजनामा श्री कुष्णनगर माध्यमिक विद्यालय, अयोध्यापुरी–९, माडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरू भएको स्वास्थ्य शिविरमा ४०३ जनाले स्वास्थ्य परीक्षण गराएको र बिरामीहरूलाई निःशुःल्क औषधि वितरण गरिएको वाइन टु वाटर, नेपालका व्यवस्थापक रोशनी कार्कीले बताउनुभयो । माडीका बासीन्दाहरूलाई स्वास्थ्यप्रति जनचेतना जगाउने तथा पहुँच नपुगेकाहरूकालागि सहजता प्रदान गर्ने उद्देश्यले बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले जानाकारी गराउनुभयो ।
  

डा. महेन्द्र अग्रहरी, डा. बन्दना खनाल, डा. रविन बानीया, डा. मुनिर सैयद र डा. अजय वैश्यको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । वाइन टु वाटर, नेपालका भोलुन्टिर र चितवनका विभिन्न कलेजहरूमा एम.बि.बि.एस. अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरू, व्यवसायिक नर्सहरू लगायत ७० जनाको प्राविधिक टोलिहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सुसनलाल प्रधानले बताउनुभयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष र सदस्यहरू, चितवन रोट¥याक्ट क्लब तथा नारायणगढ रोट¥याक्ट क्लबका सदस्यहरू गरी २७ जनाको सहभागिता रहेको उक्त स्वास्थ्य शिविरमा माडी नगरपालिका, मनकामना हस्पिटल, भरतपुर र निको बाल अस्पताल प्रा.लि, भरतपुरका साथै इन्जिनिर गुणेश्वर महतोको महत्त्वपूर्ण सहयोग प्राप्त भएको क्लबका निर्वाचित अध्यक्ष रमेश पौडेलले बताउनुभयो ।
 

उक्त बृहत निःशुल्क स्वास्थ्य शिविरमा महिला सम्बन्धि रोग, छाती तथा पेट सम्बन्धि रोग, हाड सम्बन्धि रोग, नाक कान र घाँटि सम्बन्धि रोग र बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधानले बताउनुभयो । सोही दिन श्री कृष्णनगर माध्यमिक विद्यालयको हाताभित्र ५६ वटा विभिन्न जातका विरुवाहरू समेत बृक्षारोपण गरिएको अध्यक्ष प्रधानले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस