रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीसीएमसीको सिफारिस

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १५ : १४
रुपन्देहीमा निषेधाज्ञा गर्न डीसीसीएमसीको सिफारिस

बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी०ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार भोलि औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने छन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक वाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराइमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस