दुई दिनमा एक लाखले काठमाडौं छाडे

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १४ : ३४
दुई दिनमा एक लाखले काठमाडौं छाडे

काठमाडौँ । सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ ।

संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छोडेका छन् ।

महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । ‘सोमबार र मंगलबार भन्दा बुधबार संख्या बढ्ने देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस