काठमाडौं । नेकपा एमालेका माधव नेपाल समुहको २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया खारेजीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिटउपर आइतबार सुनुवाइ तोकिएको हो । आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट १४ बुँदे मागसहितको संयुक्त रिट दायर गरिएको थियो ।
रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ । ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज
संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा
गण्डकी विश्वविद्यालयमा डिन नियुक्ति प्रक्रियाविरुद्ध उच्च अदालतमा रिट
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटमा साउन ३० गते पेशी