काठमाडौं । कलेजोलाई स्वस्थ राख्न र शरीर सुधारका लागि खानपानमा ध्यान दिनु महत्वपूर्ण हुन्छ । हामी स्वस्थ रहनको लागि नियमित रूपमा खाने खाना र शारीरिक अभ्यासको कुरा महत्वपूर्ण हुन्छ । यदि लिभरमा टाक्सिन्सको विकास भयो भने यसले एलर्जी, कोलेस्ट्रोल जस्ता समस्या र पाचन प्रणालीमा समेत समस्या निम्त्याउन सक्छ । आयुर्वेदको नियमले हाम्रो कलेजोको स्वास्थ्यमा ख्याल राख्न र रोगबाट बचाउन मद्दत गर्छ ।
लिभर हाम्रो शरीरको इञ्जिन हो तर हामी यसलाई स्वस्थ राख्नको लागि कति ध्यान दिन्छौं ? हाम्रो कलेजोले पाचन प्रणालीलाई मजबुत बनाउन, मेटाबोलिज्म सुधार गर्न र आवश्यक यौगिकहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यहाँ हामी ९ त्यस्ता खाद्य पदार्थहरूको बारेमा बताउँदैछौं जसले तपाईंको कलेजोलाई स्वस्थ राख्छ।
१. लसुन
लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्न मद्दत गर्छ । जसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। साथै, यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन्, जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ। यी दुवैले लिभर सफा गर्न मद्दत गर्छ।
२. गाजर
गाजरमा प्लान्ट फ्लाभोनोइड्स र बीटा क्यारोटीन उच्च हुन्छ, जसले कलेजोको काम सहज हिसाबले गर्न मद्दत गर्छ । गाजरमा हुने भिटामिन एले कलेजो रोगबाट बचाउन मद्दत गर्छ ।
३. स्याउ
स्याउमा पेक्टिन नामक तत्व हुन्छ । जसले शरीरलाई सफा गर्न र पाचन प्रणालीबाटलाई सहज बनाउन मद्दत गर्छ । यसले गर्दा कलेजोमा हुन सक्ने विषाक्त पदार्थलाई हटाएर यसको व्यवस्थापन गर्न सकिन्छ ।
४. अखरोट
एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले तपाईंको कलेजोलाई डिटक्स गर्न यसले मद्दत गर्छ।
५. ग्रीन टि
ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।
६. पत्तादार तरकारीहरू
क्लोरोफिल युक्त हरियो पातदार तरकारीहरू तपाईंको रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।
७. सिट्रस फल
सुन्तला, निम्बू र अन्य सिट्रस फलहरूमा कलेजो सफा गर्ने क्षमता हुन्छ। सिट्रस फलमा उपस्थित डिटोक्सिफाइङ एन्जाइमहरूले कलेजो स्वास्थ्यमा बढी फाइदा गर्ने गर्छ ।
८. हल्दी
हल्दी राम्रो मसला हो, जसले हाम्रो कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।
९. चुकन्दर
चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ। यसले तपाईंको कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ बैशाख २०७८, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकको टोलीले गरे कलेजो प्रत्यारोपण
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
छोरीको कलेजोले बुबाले पाए नयाँ जीवन