एमाले माधव समूहको वैशाख ९ गतेको कार्यक्रम स्थगित

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १६ : ४८
एमाले माधव समूहको वैशाख ९ गतेको कार्यक्रम स्थगित

काठमाडौं ।नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ ।कम्युनिष्ट पार्टी स्थापनाको दिन ९ वैशाखमा नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

वक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस