काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफू नगएको विषयमा व्यङ्ग्य गर्दै भनेका छन्–चेई नभनी कुकुर पनि कसैको घर जाँदैन ।
उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन ।
जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो – एमसीसी बैठक बहिष्कार पो भएछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई
राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन: बाबुराम भट्टराई
बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई