तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पविन्द्रकुमार निर्वाचित

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १० : २०
तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पविन्द्रकुमार निर्वाचित

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको छ । जिल्लाका सातवटा बजार एकाइमा ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । 

सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस