सुनसरी । कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै सुनसरी सदरमुकामको इनरुवा नगरपालिका भित्रका सबै बिद्यालय बन्द गरिएको छ ।कोरोनालाई थप फैलन नदिन नगरभित्रका बिद्यालय बन्द गर्ने तथा सभा सम्मेलन, मेला, जात्राजस्ता मानिसको भिडभाड हुने कार्यहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचना मार्फत जानकारी गराईएको छ ।
सर्वपक्षीय छलफलपछि नगरपालिकाले यो निर्णय गरेको हो । स्थानीय सरकारले सरोकारवालासँग छलफल गरेर निर्णय गरेको इनरुवाको नगर शिक्षा समिति सदस्य वसन्त सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार इनरुवाका दुई बिद्यालयका दुई विद्यार्थीमा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको हो।
सरकारले संक्रमणको अवस्था हेरेर बिद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई नै दिएपछि पहिलोपल्ट सुनसरीमा इनरुवा नगरपालिकाले त्यस्ता क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । कोरोना जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि नगरवासीलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ बैशाख २०७८, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द
तापक्रम अत्यधिक बढेपछि चितवनका विद्यालय बन्द
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द