नेप्से परिसूचक बढ्दै, वर्षको पहिलो कारोबार उत्साहजनक

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १५ : ४७
नेप्से परिसूचक बढ्दै, वर्षको पहिलो कारोबार उत्साहजनक

काठमाडौं । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढ्दै अहिलेसम्मकै उचाइ कायम गरेको छ । आज शेयर ०.७६ प्रतिशतले बढ्दै २७३५.४६ विन्दुमा रोकिएको छ । नेप्सेले आजसम्मको आफ्नो ब्रेकलाई तोडेको हो ।

आज १ करोड ९० लाख २० हजार ५२८ कित्ताको किनबेचमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज पाँच ओटा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यसैगरी सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीले १० प्रतिशत कमाएको छ । यसैगरी आज एनआईसी एसिया लघुवित्तको कारोबार सबैभन्दा धेरै भएको छ ।

एनआईसी एसियाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, एनआइसीए बैंकको कारोबार ३२ करोड रुपैयाँ बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस