आईपीओ जारी गर्न सीईडीबीलाई स्वीकृति

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, १४ : ३६
आईपीओ जारी गर्न सीईडीबीलाई स्वीकृति

काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको छ ।२५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओको  स्वीकृति प्रदान गरेको हो ।

सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस