ओहोदाको प्रमाणपत्र प्रस्तुत

रासस

विहीबार, ०२ बैशाख २०७८, १० : ०५
ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत डा निर्मल कुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसा समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । एक विशेष समारोहका बीच आयोजित कार्यक्रममा दक्षिण अफ्रिकाका परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू उपस्थिति रहेको थियो ।

उक्त अवसरमा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको त्यहाकाँ  राष्ट्रपति र अफ्रिकी जनताप्रतिको सुभकामना सन्देश प्रवाह गरेका थिए भने दक्षिण अफ्रिकाका राष्७शधवसट्रपति इरिल रामाफोसाले राजदूत विश्वकर्मालाई स्वागत गरेका थिए । त्यस अगाडि राजदूत डा. विश्वकमालाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

राजदूत विश्वकर्माले दक्षिण अफ्रिकाका गइ कार्यभार सम्हालेको एक हप्तामै ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका हुन् । गत फागुन ११ गते राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम  विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस