सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, १३ : ३९
सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु

सांकेतिक तस्वीर

जनकपुरधाम । सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ३ महुवा टोलकी करिब बस्ने ७० वर्षीया जयावती देवी मण्डलको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

मण्डल खेतमा भैँसी चराउन जाँदा एक्कासी भैँसी उम्केपछि भैँसीको डोरी हातमा अल्झिएको थियो।

डोरी अल्झेपछि भैँसीले घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस