तनहुँ । तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो।
कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए। महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए।
डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।
करिब ३५/४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ। तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ। चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँका दश बालबालिकाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ चैत्र २०७७, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते
चितुवा पासोमा परेपछि...
धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते