काठमाडौं । साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल मा विजयी सुरुवात गरेको छ ।
ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए ।
उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । मार्कु स्टोइनिसले १४ रन जोडे । यस्तै पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे ।
चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । गत संस्करण नखेलेका रैनाले यस पटक सुरुवातमै उत्कृष्ट ब्याटिङ गरे ।
उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । यस्तै मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नाईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।
यस्तै आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए । दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल २०२४ : कसले के अवार्ड पाए ?
आईपीएल २०२४ : हैदरावादलाई पराजित गर्दै कोलकाताले तेस्रो पटक जित्यो उपाधि
आईपीएल : हैदराबाद उपाधि नजिक, फाइनलमा कोलकत्ताको सामना गर्ने
आईपीएल : हैदरावादलाई हराउँदै कोलकता फाइनलमा
आईपीएलको पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै
आईपीएल : चेन्नईलाई हराउँदै बेंगलोर आईपीएलको प्ले–अफमा