सामुदायिक वनमा एउटा भरुवा बन्दुक फेला, प्रहरीद्धारा बरामत

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ११ : ३४
सामुदायिक वनमा एउटा भरुवा बन्दुक फेला, प्रहरीद्धारा बरामत

काठमाडौं । बर्दिया जिल्लाको मधुवन नगरपालिका –८ स्थित गणेश सामुदायिक वनमा भेटिएको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

बिहीबार राति लोड गरेर छाडेको अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

सामुदायिक वनमा कार्यरत चौकीदारले दिएको सुराकका आधारमा प्रहरीले भरुवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस