आजदेखी नागस्थानमा ट्राफिक लाईट बल्दै

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ११ : ३४
आजदेखी नागस्थानमा ट्राफिक लाईट बल्दै

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य वैंकसँग समन्वय गरि नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ ।नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गरे ।

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी भट्टराईले बताए ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, यसको लागी सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एक पछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन, त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भैरहेका छन । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस