विद्यालय बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ०९ : ५२
विद्यालय बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विद्यालय बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । 

पछिल्लो समयमा फेला परेका कोरोना संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । विद्यालय बन्द गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइ सकिएको छ।कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ। स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन्।

उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने, अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन।’ उनले लकडाउनमा जाने अवस्था आउन नदिन यसो गर्नुपरेको बताएका हुन्। उनले आग्रह नमाने कठोर निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस