काठमाडौं । आन्तरिक परीक्षणको चरणमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङ पेनस्टकमा वैशाखको दोस्रो सातादेखि पानी हालेर परीक्षण गरिने भएको छ ।अहिले बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको आयोजनाले जनाएको छ।
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाको हाल हाइड्रोमेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी छ ।
बाँकी रहेका सानातिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने तय भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ चैत्र २०७७, ०८ : १९
लेखकबाट थप