बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १२ : २६
बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तु र झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साझ पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–७ घर भएका पल्टन टुडुलाई पक्राउ गरेको छ । पल्टनले मेचिनगर–१५ लक्ष्मी डाँडामा १३ किशोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस