एमालेका दुई नेताले गरे प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, ०९ : १९
एमालेका दुई नेताले गरे प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार

काठमाडौं ।नेकपा एमालेका दुईजना नेताले माधव नेपाल पक्षको वागमती प्रदेश समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।वागमती प्रदेशसभा सदस्य समेत रहेका डा.रामकुमार अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले संयुक्त विज्ञप्तिमार्फत समानान्तर कमिटीमा नाम राखिएकोमा असहमति जनाएका हुन् ।

धादिङबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित घले र २०७४ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारी नेकपा विभाजनको बेला प्रचण्ड-माधव पक्षमा थिए ।

मंगलवार घोषणा भएको माधव नेपाल पक्षको प्रदेश कमिटीमा घले र अधिकारीलाई पनि सदस्य राखिएको छ । उनीहरु दुवैजनाले समानान्तर कमिटी गठन गरि एमालेलाई कमजोर पार्ने गतिविधिप्रति आपत्ति रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–विभिन्न सामाजिक सञ्चालमार्फत आएको जस्तो नेकपा एमाले वागमती प्रदेश कमिटीको समानान्तर कमिटीमा हामी दुईजना समेत सदस्य रहेको भन्ने सुन्नमा आएकाले उक्त प्रदेश कमिटीमा हामी नरहेको नभएको व्यहोरा जानकारी गर्दछौं ।

विज्ञप्ति पार्टी एकता जोगाउन पर्नेमा समानान्तर कमिटी गठन गर्ने जस्तो अनौठो निर्णयप्रति असहमति जनाइएको छ । उनीहरुले यसलाई एमाले कमजोर पार्ने गतिविधि भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस