पाल्पामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १० : ३३
पाल्पामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु

पाल्पा । पाल्पामा कुखुरा बोक्ने जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्चीमा उक्त दुर्घटना भएको हो । 

सोमबार राति करिब साढे १२ बजे लु २ च ६३२ नंको पिकअप  अचानक सडकबाट करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । हो ।

प्रतिक्रिया दिनुहोस