कोरोना अपडेट : थपिए २ सय ६६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १६ : २०
कोरोना अपडेट : थपिए २ सय ६६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १ सय २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ।

हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।