जाकार्ता । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको पुष्टि गरे ।
यहाँ आइतबार प्राकृतिक बाढी र प्रकोपको घटना भएको बताइएको छ ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ चैत्र २०७७, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु