शिर्ष स्थानमा रहेको एटलेटिकलाई सोभियाद्धारा पराजित

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, ०७ : ४७
शिर्ष स्थानमा रहेको एटलेटिकलाई सोभियाद्धारा पराजित

म्याड्रिड । स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडले आइतबार सेभियाको हातबाट १–० को हार बेहोरेको छ । सेभियाको जितमा मार्कोस एकुनाले हेडबाट गोल गरे । 

सन् २०१४ यता पहिलो पल्ट लिग उपाधि जित्ने अभियानमा रहेको एटलेटिकोका लागि यो हार निकै घातक सावित हुन सक्नेछ । उसको २९ खेलबाट ६६ अंक छ ।

यो शीर्ष स्थानमा अब तीन अंकको मात्र अग्रता हो । रियल म्याड्रिड ६३ अंकसहित दोस्रो तथा बार्सिलोना ६२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस