पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, ०७ : २९
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालन समितिले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएको पेट्रोलको मूल्य १२० रुपैयाँ बनाएको हो । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर १०२ रुपैयाँ पुगेको छ । एलपी ग्यास र कवाइ इन्धनको मूल्य खुद्रा विक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस