खनाल–नेपाल समूहले घोषणा गर्‍यो समानान्तर कमिटी, अध्यक्षमा वसन्त मानन्धर

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १७ : ०७
खनाल–नेपाल समूहले घोषणा गर्‍यो समानान्तर कमिटी, अध्यक्षमा वसन्त मानन्धर

काठमाडौं । नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ ।सो समूहले वसन्त मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो । 

जसको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस