बैतडीमा भेटियो दोस्रो फलाम खानी

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, ०७ : ४८
बैतडीमा भेटियो दोस्रो फलाम खानी

file photo

काठमाडौं ।  बैतडीमा दोस्रो फलाम खानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो। सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब  र जुकेपानी नजिक  लोहारपानीमा फलामखानी  भेटिएको वडाध्यक्ष  गगनसिंह धामीले बताए । 

फलामखानी भएको थान पाटन नगरपालिकाको खोड्पेबाट  एक  घण्टाको दूरीमा रहेको छ । जयपृथ्वी मार्गको वृन्द्रावनबाट  आधा  घण्टामा  खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस