सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

शुक्रबार, २० चैत्र २०७७, ११ : ४३
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
 
यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस