आजको मौसम : केही स्थानमा चट्याङ सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, ०७ : ३१
आजको मौसम : केही स्थानमा चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार साँझ वर्षा हुँदा मौसम केही खुलेको छ ।

वर्षा भएपछि सर्वसाधारणले राहतको महसुश गरेका थिए । यद्यपि केही दिनदेखिको तुँवाले अझै हटिसकेको छैन ।  महाशाखाका अनुसार बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ।

यस्तै प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थेरै  स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति पनि प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस