घाँस काट्न जाँदा हराएका सात बालिकाको भारतबाट उद्धार

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १७ : १२
घाँस काट्न जाँदा हराएका सात बालिकाको भारतबाट उद्धार

महोत्तरी । घाँस काट्न जाँदा हराएका सात बालिकाको भारतबाट उद्धार गरिएको छ । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरका सात बालिका घाँस काट्न जाँदा हराइरहेका थिए । 

मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो। सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको प्रहरीको भनाइ छ । बालिकाहरु कसरी भारत पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ। घाँस काट्न गएका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान भारत सीतामढीमा फेला परेका हुन्।

प्रतिक्रिया दिनुहोस