लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १२ : ०१
लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन शुरु

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्।बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

उनले आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने  बताए ।नेपाल कम्युनिष्ट पार्टी  नेकपाका रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा रहेको बेला  कुर्सी भने पुरानै कायम हुने भएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।सचिव पुनले गठबन्धन सरकार भएका कारण माओवादीका सांसदहरु पनि आज पुरानै स्थानमा सत्ता पक्षको कुर्सीतिर नै बस्ने बताए ।

प्रतिक्रिया दिनुहोस