आजका मौसमः पहाडी भूभागमा आंशिक बदली

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, ०७ : २३
आजका मौसमः पहाडी भूभागमा आंशिक बदली

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले देशको पहाडी भूभागहरुमा आंशिक बदलिको अवस्था रहनुका साथै बाँकी भूभागहरुमा बदली नरहेता पनि तुवाँलो रहेको जनाएको छ । 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथ चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यस्तै राति  पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस