काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव १० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार वृद्धि भएको छ ।
कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ ।
जसको सेयर मूल्य प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । यसैगरी धेरै कमाउनेमा सगरसानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, अजोड इन्स्यारेन्स कम्पनी लगायत कारोबार रकमका आधारमा अग्रस्थानमा देखिएका छन् । यी कम्पनीहरुको ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०७७, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११.५८ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार
५७ अंकले घट्यो बजार
नेप्सेमा ५० अंकको गिरावट, १० अर्बको कारोबार
उच्च अंकले बढ्यो नेप्से परिसूचक
सेयर बजार निरन्तर ओरालो, तीन दिनमा ६९ अंकको गिरावट
सेयर बजार २७०१ अंकमा झर्यो