ज्योति लाइफ इन्स्योरेन्सको सेयर बाडफाँड , ५ लाख ९४ हजार आवेदकले मात्रै पाए सेयर

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १५ : ०२
ज्योति लाइफ इन्स्योरेन्सको सेयर बाडफाँड , ५ लाख ९४ हजार आवेदकले मात्रै पाए सेयर

काठमाडौं । फागुन २१ गते आइपिओ जारी गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता ढिला गरी सेयर बाडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम गरी ६६ लाख ६६ हजार कित्ता सेयर निष्कासन गरेकोमा पाँच प्रतिशत अर्थात तीन लाख ३३ हजार कित्ता समूहिक लगानी कोष र त्यति नै बराबरको सेयर कर्मचारीलाई छुट्याएको थियो । बाँकी रहेको ५९ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको थियो ।

हालसम्म जारी गर्ने कम्पनीमध्ये यस कम्पनीको सेयरमा सर्वाधिक आवेदन गरेको बिक्रि प्रवन्धकले जनाएको छ । यस कम्पनीको आइपिओ खरिदका लागि १८ लाख ४२ हजारले आवेदन दिएकोमा १७ लाख ९७ हजारको मात्रै योग्य आवेदन रहेको बिक्रि प्रवन्धक एनएमवि क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथा मार्फत पाँच लाख ९४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन भने बाँकी १२ लाख ४८ हजार आवेदक रित्तो हात भएका छन् ।

यस कम्पनीको सेयर खरिद गर्नका लागि फागुन २१ गते देखी २६ गतेसम्मको म्याद तोकिएको भए पनि फागुन २२ गते शनिवार र फागुन २४ गते महिना दिवस परेकाले आइपिओ बिक्रीका लागि ६ दिनको समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस