सिलिन्डर पड्किएर  होटल सञ्चालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, १३ : २०
सिलिन्डर पड्किएर  होटल सञ्चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा ग्यासको सिलिन्डर पड्किएर गम्भिर घाइते भएका एक होटल सञ्चालकको मृत्यु भएको छ । यहि चैत ८ गते सूर्यविनायक नगरपालिका वडा नं ५ सृजना नगरमा सञ्चालन रहेको भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सञ्चालक टिकाराम बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

होटलमा खाजा बनाउने क्रममा ग्याँसको सिलिन्डर पड्केर होटल सञ्चालक बस्नेत र ग्राहकहरू समेत ६ जना घाइते भई उपचारार्थ डा।ईवामुरा अस्पताल लगिएको थियो ।  सामान्य उपचार पश्चात थप उपचारको लागी कीर्तिपुर बर्न सेन्टर अस्पताल लगिएकोमा उपचारकै आज बिहान होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका ६ घर भई हाल सूर्य विनायक नगरपालिका ४ दधिकोट, बस्ने वर्ष ३९ बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

उक्त घटनामा घाइते अन्य ५ जना घाइतेको उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस