घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ११ : ४६
घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । छापावाला सुनको मुल्य आज बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस