चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता हुने

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ११ : ३१
चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता हुने

भरतपुर । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड प्रतियोगिता हुन लागेको हो ।

कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरीक पर्यटक मार्फत चलाएमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्धेश्यले दौड प्रतियोगिता आयोजना गरिएको लियो क्लब अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिए । ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकालिको प्रचारप्रसारका लागी म’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगिता वडा नम्बर ६ को दक्षिणकालि मन्दिर देखि सुरु भएर भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको बाटुली पोखरीमा सम्म हुनेछ । 

झण्डै २ किमिको दौड प्रतियोगीतामा प्रथम हुनेले हुनेले नगद ४ हजार ४ सय ४४, द्वितीय हुनेले ३ हजार ३ सय ३३, तृतीय हुनेले दुई हजार २ सय २२ र सान्तवना हुने १ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र, मेडल, ट्रफी र परिवार सहित बाटुली पोखरीमा निशुल्क डुङ्गा सयर गर्न पाउने कार्यक्रम संयोजक रेशम तिमल्सीनाले जानकारी दिए । 

विगत ११ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको हो । यस अघि पुरुष खुल्ला दौड प्रतियोगीता हुदै आएको भएपनि क्लवले पहिलो पटक क्लवले महिला दौड प्रतियोगीता आयोजना गरेको हो । आन्तरीक पर्यटन विकासको लागी महिलाको भुमिका महत्तवपूर्ण हुन्छ त्यसैलाई आत्मसाथ गर्दै हामीले महिला दौड गरेका हौ तिमल्सिनाले भने ।  

सामुदायीक वन अन्तर्गत पर्ने दक्षिणकालि मन्दिर यहाँको आस्था संगै धार्मीक पर्यटकीय केन्द्र हो । वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष हरिदत्त मिश्रका अनुसार २० हेक्टर क्षेत्रफलमा फैलिएको बाटुली पोखरी पश्चिम चितवनकै उत्कृष्ट पर्यटकीय स्थल हो ।  विभिन्न किसिमका चराचुरुंगी, गोहीलगायत सरिसृप प्राणीको बासस्थान यहाँ छ । बाघ, भालु, गैंडा, हरिण, बंदेल, जरायोलगायतका वन्यजन्तु पानी पिउन पोखरीमा आउने गरेका छन । पर्यटकहरुको लागी हात्ती सयर, डुगा सयरको समेत व्यवस्था गरीएको छ । मिश्र यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउनेमा विश्वस्त छन् । विश्व रामसार सूचीमा रहेको बीसहजारी तालनजिकै पर्ने यो क्षेत्र भरतपुरबाट करिब १२ किलोमिटर र सौराहाबाट ७ किलोमिटरको दूरीमा छ । 

लियो क्लव अफ गीतानगर र योङ्ग– नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह सह–आयोजकको रुपमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस