आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ०८ : ५६
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहने मौसमविदले बताएका छन् । 

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित फाटफुट वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस