काठमाडौं ।आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘महाधिवेशनकै विषयमा छलफल हुन्छ’ उनले भने ।
कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ । अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ ।
कांग्रेस कार्यालयका मुख्यसचिव पौडेलकाअनुसार बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, १६ : ०६
लेखकबाट थप