संसदीय र केन्द्रीय समिति बैठक बहिस्कार गरेर नेपाल पक्षीय युवा संघले राष्ट्रिय कार्यकर्ता भेला गर्दै

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १२ : २५
संसदीय र केन्द्रीय समिति बैठक बहिस्कार गरेर नेपाल पक्षीय युवा संघले  राष्ट्रिय कार्यकर्ता भेला गर्दै

काठमाडौं । राष्ट्रिय सभागृहमा नेपाल पक्षीय युवा संघको राष्ट्रिय कार्यकर्ता भेला राखिएको हो । संसदीय र केन्द्रीय समिति बैठक बहिस्कार गरेर नेपाल लगायतका नेताहरुले सोही कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमलाई भव्य बनाउन आयोजकले राष्ट्रिय सभा गृहमा परिसर झण्डा ब्यानर र तोरणले झकिझकाउ बनाएका छन् भने नेता कार्यकर्ता आउने क्रम जारी रहेको छ । 

सभागृहको बाहिर प्लास्टिकका कुर्सी र डिजिटल डिस्प्ले समेत राखिएका छन् । फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी हेरफेरका साथै एकपक्षीय रुपमा केही महत्वपूर्ण सवालमा निर्णय गरेपछि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला समेत आयोजना गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस