काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् ।
मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् । विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन् । उहाँले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ ।” मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ चैत्र २०७७, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला