एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगगमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेर समग्रमा ४–० को जितसहित म्यानचेस्टर सिटीले अन्तिम ८ मा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा जस्तै अवे मैदानमा भएको पहिलो लिगमा पनि म्यानचेस्टर सिटी २–० ले नै विजयी भएको थियो । मंगलबार रातिको खेलमा सिटीका लागि केविन डी ब्रूयना र इल्कायी गुण्डोगानले गोल गरेका हुन् । डी ब्रूयनाले १२ औँ तथा गुण्डोगानले १८ औँ मिनेटमा गोल गरेका हुन् । ती गोलका लागि क्रमशः रियाद महरेज र फिल फोडिनले सहयोग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ चैत्र २०७७, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटी रियल मड्रिडसँग ३–२ ले पराजित
म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात
टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा