हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी

आइतबार, १६ भदौ २०८१, ०८ : ३३
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी  । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १०औं, ३०औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।

यस सिजनमा तेस्रो खेलमा हालाण्डको योसहित सात गोल गरिसकेका छन् । त्यसैगरी वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस