काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन्।
तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् । त्यसका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूसँग कार्यदल नै बनाएर छलफलमा जुटेका छन्। तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसहितका नेताहरू ओली नेतृत्व सरकारलाई निरन्तरता दिने पक्षमा छैनन्। भट्टराई र यादव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन्।
सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा एउटा समूह अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरूको बुझाइ छ। ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दाबी छ। त्यस्तो अवस्थामा एमालेको सहभागिताबिना अर्को सरकार गठनको सम्भावना कमजोर हुनेछ।
तर एमालेभित्रकै विवाद बढ्दै जाँदा माधवकुमार नेपालसहितका नेताहरू नै ओलीको विपक्षमा उभिन सक्ने आकलन गर्न थालिएको छ। त्यसले आफू नेतृत्वको सरकार कमजोर हुने विश्लेषण गरेका ओली पक्षले उनीहरूलाई फकाउन सहमतिको हात बढाएका छन्। नागरिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
चीनमा नेपाली चिया निर्यात गर्न सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री ओली
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट